×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलोईद्वारा महिला विद्युतीय सवारी चालकहरुका लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन, सेट फोर नेपालको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एलोईद्वारा महिला विद्युतीय सवारी चालकहरुका लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन, सेट फोर नेपालको सहयोग

Artha Sarokar

१९ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एलोई प्राइभेट लिमिटेडले सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाको सहयोगमा महिला विद्युतीय सवारी चालकहरुको लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ ।

यस परियोजनाको उद्देश्य काठमाडौं उपत्यकालित्र विद्युतीय माइक्रोबस चलाउन इच्छुक महहलाहरूलाई सवारी सञ्चालनका लागि आवश्यक सीप, चालक अनुमतिपत्र (लाइसेन्स) तथा रोजगारीका अवसरहरु प्रदान गर्दै सार्वजनिक यातायात क्षेत्रमा उनीहरुको सहभागिता सुनिश्चित गर्नु हो ।

यो पहलले नेपाल सरकारको दिगो र समावेशी यातायात प्रणाली निर्माण गर्ने लक्ष्य पुरा गर्न सहयोग गर्नेछ । ‘यस सहकार्यमार्फत हामीले स्वच्छ यातायात प्रवर्द्धन मात्र होइन, महिलाहरुलाई आर्थिक रुपमा सबल र स्वतन्त्र बन्ने अवसर पनि सिर्जना गर्छौं।’ एलोई प्रालिका सिनिअर प्रडक्ट मेनेजर बिराट सिंह ठकुरीले भने ।

‘SET4NPL परियोजनाले यातायात क्षेत्रमा महिलाहरुको सहभागिता बढाउने लक्ष्य राखेको छ । तीन पाङ्ग्रे इलेक्ट्रिक टेम्पो संचालनमा महिलाहरुले देखाएको सफलतासँगै, परियोजनाले चार पाङ्ग्रे इलेक्ट्रिक मिनी र माइक्रो बस संचालनका लागि तालिम र कार्यशालाहरुको माध्यमबाट सहयोग गर्दै यो पेशा अझ समावेशी बनाउँछ ।’ ग्लोबल ग्रीन ग्रोथ इन्सिच्युट (जीजीजीआई) नेपालका सिनिअर प्रोग्राम अफिसर प्रतिक कार्कीले भने ।

परियोजनाका मुख्य उदेश्यहरू:

– इलेक्ट्रिक माइक्रोबस ड्राइभिङ र  लाइसेन्स प्राप्ति
– प्राविधिक मर्मत र सवारी व्यवस्थापन सीप
– व्यवसाय विस्तार र वित्तीय साक्षरता
– नेतृत्व विकास र शशक्तिकरण

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी