काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनिल लामिछाने विजयी भएका हुन् । उनले कुल ८६७ मत ल्याएका छन्।
सिए अनिल लामिछानेले कागजी गणनामा १२१ मत र मेसिन गणनामा ७४६ मत प्राप्त गरेका छन् ।
एक्यानको निर्वाचनमा उपाध्यक्ष पदका लागि राजु ढकाल, अनिल लामिछानेले र लोकेन्द्र ऐरले उम्मेदवारी दिएका थिए। राजु ढकालले कागजी गणनामा १०३ मत र मेसिन गणनामा ५१८ गरी कुल ६२९ मत प्राप्त गरेका छन् भने लोकेन्द्र ऐरले कागजी गणनामा ६९ मत र मेसिन गणनामा २०७ मतगरी कुल २७६ मत प्राप्त गरेका छन्।
राजु ढकाल यसअघि संघमा कोषाध्यक्ष भईसकेका व्यक्ति हुन् भने अनिल लामिछाने कार्यसमितिमा बसेर काम गरेका सिए हुन् । त्यस्तै, लोकेन्द्र ऐर पनि सिएहरुको समूहमा चलेका पात्र हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्