Skip to content
LAXMI SUNRISE BANK

एक्यानको उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनिल लामिछाने विजयी भएका हुन् । उनले कुल ८६७ मत ल्याएका छन्।

सिए अनिल लामिछानेले कागजी गणनामा १२१ मत र मेसिन गणनामा ७४६ मत प्राप्त गरेका छन् ।

एक्यानको निर्वाचनमा उपाध्यक्ष पदका लागि राजु ढकाल, अनिल लामिछानेले र लोकेन्द्र ऐरले उम्मेदवारी दिएका थिए। राजु ढकालले कागजी गणनामा १०३ मत र मेसिन गणनामा ५१८ गरी कुल ६२९ मत प्राप्त गरेका छन् भने लोकेन्द्र ऐरले कागजी गणनामा ६९ मत र मेसिन गणनामा २०७ मतगरी कुल २७६ मत प्राप्त गरेका छन्।

राजु ढकाल यसअघि संघमा कोषाध्यक्ष भईसकेका व्यक्ति हुन् भने अनिल लामिछाने कार्यसमितिमा बसेर काम गरेका सिए हुन् । त्यस्तै, लोकेन्द्र ऐर पनि सिएहरुको समूहमा चलेका पात्र हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK