Skip to content
LAXMI SUNRISE BANK

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनुप नेपाल विजयी भएका हुन् । उनले कुल ९२६ मत ल्याएका छन्।

सिए अनुप नेपालले कागजी गणनामा १७३ मत र मेसिन गणनामा ७५३ मत प्राप्त गरेका छन् ।

यता बद्री गुरागाईंको भने कुल ८५३ मत आएको थियो। उनले कागजी गणनामा १२३ मत र मेसिन गणनामा ७३५ मत प्राप्त गरेका थिए।

अध्यक्ष पदमा सिए अनुप नेपाल र बद्री गुरागाईं दुबै जनाले उम्मेदवारी दिएका थिए। गुरागाईं यसअघिको निर्वाचनमा सिए आनन्द राज शर्मा वाग्लेसँग पराजित भएका थिए भने अनुप नेपाल यसअघि निर्विरोध निर्वाचित भएका उपाध्यक्ष हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK