काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र प्लास्टिकजन्य फोहोरमैला जलाउन रोक लगाइएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक सुचना जारी गर्दै खुल्ला रुपमा फोहोरमैला जलाउन निषेध गरिएको जनाएको हो ।
जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको भन्दै महानगरले फोहोर नजनाउन भनेको हो । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने महानगरको भनाइ छ ।
अटेर गरेर कसैले प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर जलाए काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने महानगरले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्