काठमाडौँ । ब्रिजवाटर इन्टरनेशनल कलेजको अभिनन्दन तथा विद्यार्थी स्वागत-बिदाई कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सिनामंगलस्थित ब्रिजवाटर कलेजको उक्त कार्यक्रम मङ्सिर ११ गते बिहीबार प्रज्ञा भवन, कमलादीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा राष्ट्रिय जीवनका विशिष्ट क्षेत्रमा अति उच्च योगदान पुर्याएका तीन जना व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो । अभिन्दित हुनेहरुमा साहित्यकार एवं रेडियो नेपालका समाचार प्रमुख डा. नवराज लम्साल, कलाकार दिपक राज गिरी र नबिल बैंकका सीईओ मनोज ज्ञवाली रहेका थिए ।
उनीहरुलाई आ-आफ्नो क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कलेजले अभिनन्दन गरेको हो । ब्रिजवाटर कलेजले हरेक वर्ष विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीश चन्द्र पोख्रेल रहेका थिए । कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी, पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:















