Skip to content
LAXMI SUNRISE BANK

५० दरका ४२ करोड थान नोट छाप्दै चिनियाँ कम्पनी, १ करोड ४ लाख २२ हजार डलरमा सम्झौता

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले बुधबार चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग करार सम्बन्धी सम्झौता गरेको हो ।

राष्ट्र बैंकले चाइना बैंक नोट प्रिन्टिङसँग ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइका लागि सम्झौता गरेको हो ।

चाइना बैंक नोट प्रिन्टिङले कुल १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा नोट डिजाइन, छपाइ तथा आपूर्तिको जिम्मा दिइएको राष्ट्र बैंकले जनाएको छ । योसँगै अब चाइना बैंक नोट प्रिन्टिङले ५० रुपैयाँ दरका  नयाँ नोट छपाइको काम सुरु गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK