Skip to content
LAXMI SUNRISE BANK

जेलबाट भागेका ‘सहकारी ठग’ ज्ञानबहादुर बम्जन पक्राउ

अर्थ सरोकार

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् । जेन-जी प्रदर्शनका क्रममा भद्रकाली स्थित जिल्ला प्रहरी परिसरबाट भागेका बम्जन सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

बम्जन कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न अराेपमा पक्राउ परेका थिए । प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए ।

सिन्धुलीको दुधौली नगरपालिका-७ घर भएका  बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा समेत मुछिएका उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK