काठमाडौँ । जेन-जी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले होम सेन्टरमा पुन: परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा सीटीइभीटीका १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेका थियो । सोहि जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुन: परीक्षा होम सेन्टरमा हुने भएको हो ।
आन्दोलनका क्रममा कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरुको उत्तरपुस्तिका जलेका थिए । कोशीका पाँच केन्द्रको उत्तरपुस्तिका नियमिततर्फ १ हजार ९ सय ३७ र आंशिकतर्फ १ हजार सय ५० वटा उत्तरपुस्तिका जलेका थिए भने बागमती प्रदेशका १८ वटा केन्द्रका ११ हजार २ सय ३ वटा उत्तरपुस्तिका जलेका थिए ।
उत्तरपुस्तिका नै जलेर नष्ट भएपछि सिटिइभिटीले पुनः परीक्षा लिने तयारी गरेको हो । उक्त परीक्षा मङ्सिर ४ गतेबाट हुने सीटीईभीटीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्