काठमाडौँ । नयाँ लाइसेन्सका लागि आवेदन दिने काम बन्द भएको छ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने काम कार्तिक २८ गतेदेखि बन्द भएको हो ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली अर्को सूचना नआउँदासम्म बन्द रहने विभागले जनाएको छ ।
जेन-जी आन्दोलनपछि ठप्प रहेको प्रणाली १६ कात्तिकबाट आंशिक रुपमा खुलेको थियो । तर, डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पुनः बन्द गरिएको विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्