काठमाडौँ । दुर्गा प्रसाईंले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंका समूहले गृहमन्त्रीसँग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् ।
बुधबार बिहान सिंहदरबारमा भएको वार्तामा प्रसाईं समूहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् ।
त्यस्तै, प्रसाईं समूहले सहकारीमा डुबेको बचतकर्ताको रकमको जिम्मा राज्यले लिनुपर्ने, २० लाख भन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने, २० लाख भन्दा माथिको ऋण २५ वर्षको अवधि राखेर ५ प्रतिशत ब्याजमा तिर्न पाउने व्यवस्था सरकारमार्फत मिलाउनुपर्ने पनि माग गरेको छ ।













