काठमाडौँ । दुर्गा प्रसाईंका बडीगार्ड पनि पक्राउ परेका छन् । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । प्रसाईंलाई भने प्रहरीले सोमबार मध्यरामा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार प्रसाईं पक्राउ परेपछि प्रहरीले सोही मुद्दामा थप आठ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये प्रसाईंका बडीगार्ड खड्का पनि रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ ।













