काठमाडौँ । निर्वाचनका लागि आर्थिक सहयोग (चन्दा) लिँदा बैंकिङ च्यानलमार्फत लिनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन)मा यस्तो व्यवस्था गरिएको हो ।
आचारसंहिताको बुँदा नम्बर १६ मा गरिएको व्यवस्था अनुसार निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल वा दलका उम्मेदवारले २५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत नै लिनुपर्नेछ ।
तर, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिँदा सो रकम बुझेको रसिद वा भरपाई दिई निर्वाचनमा गर्ने खर्चका लागि बैंक तथा वित्तीय संस्थामा खोलिएको छुट्टै खातामा जम्मा गर्नुपर्नेछ भने सोही खाताबाट निर्वाचनका लागि आवश्यक खर्च गर्नुपर्नेछ ।
यसरी निर्वाचनमा भएको हरेक खर्चको विवरणको रसिद वा भरपाई उम्मेदवारले सुरक्षित राख्नुपर्ने भएको छ । यसले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्