Skip to content
LAXMI SUNRISE BANK

बिजुलीको बक्यौता विवादः जगदम्बा स्टिलले तिर्यो पहिलो किस्ता, उद्योगमा जोडियो लाइन

अर्थ सरोकार

काठमाडौँ । जगदम्बा स्टिलले पनि बिजुलीको बक्यौता तिर्न सुरु गरेको छ । पैसा नतिरेसम्म उद्योगमा लाइन नजोडिने देखेपछि स्टिलले पहिलो किस्ताबाट ५ करोड ७२ लाख रुपैयाँ तिरेको हो । 

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले बुधबार पहिलो किस्ता बापतको ५ करोड ७२ लाख रुपैयाँ बराबरको चेक बुझाएको विद्युत प्राधिकरणका एक अधिकारीले पुष्टि गरेका छन् । 

डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेबापत उद्योगले तिर्नुपर्ने बक्यौताको पहिलो किस्ता बापतको पैसा तिरेपछि उद्योगमा प्राधिकरणले लाइन जोडिदिएको छ । जगदम्बा स्टिलले बिजुली बालेको कुल ४ अर्ब १४ करोड तिर्न बाँकी छ ।

बिजुलीको बक्यौता विवादमा उद्योगहरुले पैसा तिर्न अटेर गरेपछि प्राधिकरणले उद्योगहरुमा लाइन काटेको थियो । हालसम्म १६ उद्योगहरुले बक्यौताको पहिलो किस्ता तिरिसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK