Skip to content
LAXMI SUNRISE BANK

बिजुली बक्यौता विवादः सोनापुर सिमेन्टले तिर्यो ८६ लाख ३० हजार, उद्योगमा काटिएको लाइन जोडियो

अर्थ सरोकार

काठमाडौँ । सोनापुर मिनरल एण्ड आयल लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई बिजुलीको बक्यौता तिर्न सुरु गरेको छ । कम्पनीले प्राधिकरणलाई पहिलो किस्ताबापतको रकम तिरेको हो । 

कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ तिरेको विद्युत प्राधिकरणका अधिकारीले बताएका छन् । 

प्राधिकरणका अनुसार कम्पनीले डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली प्रयोग गरेबापत २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यसमध्ये प्राधिकरणले दिएको २८ किस्ताको सुविधा अन्तर्गत कम्पनीले पहिलो किस्ता तिरेको हो ।

बिजुली बक्यौताको पहिलो किस्ता तिरेसँगै कम्पनीमा काटिएको लाइन पुनः जोडिएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले उद्योगमा कार्तिक ७ गते लाइन काटेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK