काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हालैको संकटपछि मुलुकमा लगानीको सुरक्षा र भविष्यप्रति गहिरो चिन्ता छाएका कारण सम्पन्न र मध्यमवर्गीय परिवारसमेत देश छाड्ने मनस्थितिमा पुगेको चेतावनी दिएका छन् । जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले यो अवस्था राष्ट्रका लागि ‘घातक संकेत’ भएको बताएका हुन् ।
महरले प्रस्तावमा उल्लेख गरेअनुसार, पछिल्ला घटनाक्रमले भौतिक संरचना मात्र नभत्काई लगानीकर्ता र आम नागरिकको मनोबल समेत गिराएको छ । ‘व्यापार गर्दा सम्पत्ति जलाइन्छ भने यो देशमा कसरी लगानी गर्ने? आफ्ना सन्तानलाई कसरी राम्रो भविष्य दिने ?’ भन्ने गम्भीर प्रश्नले निजी क्षेत्रलाई त्रसित र निराश बनाएको उनको भनाइ छ ।
विगतमा आर्थिक अवसर खोज्दै युवाहरू विदेशिने गरेकोमा अहिले लगानीको सुरक्षा र भविष्यको चिन्ताले स्थापित व्यवसायी र सम्पन्न परिवारले समेत नेपाल छाड्ने बाटो खोज्नुले मुलुक गम्भीर संकटतर्फ धकेलिएको महरको विश्लेषण छ । उनले भने, ‘हिजो आर्थिक अवस्था कमजोर भएकाहरू अवसर खोज्दै विदेशिन्थे, तर आज लगानीको सुरक्षा र भविष्यको चिन्ताले सम्पन्न र मध्यमवर्गीय परिवार पनि नेपाल छाड्ने बाटो खोजिरहेका छन् ।’
उनले देशभित्रै लगानी सुरक्षित नहुँदा बाह्य लगानीकर्ता आकर्षित हुने प्रश्नै नउठ्ने बताउँदै यो अवस्थाले मुलुकलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्ने जोखिम बढाएको औंल्याएका छन् । महरले सरकार र राजनीतिक दलहरूले तत्काल लगानीमैत्री वातावरण र सुरक्षाको प्रत्याभूति दिलाएर विश्वासको संकट समाधान गर्न नसके देशले बौद्धिक र पुँजी पलायनको दोहोरो मार खेप्नुपर्ने चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्