×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँक्रो र हरियो धनियाँमा भेटियो अत्याधिक विषादी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काँक्रो र हरियो धनियाँमा भेटियो अत्याधिक विषादी

Artha Sarokar

४ मंसिर २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काँक्रो र हरियो धनियाँमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न राखिएका हरियो धनियाँ र काँक्रोमा ‘अर्गानोफस्फेट’ विषादी भेटिएको हो । 

अनुगमनका क्रममा काँक्रोमा ४६.५ प्रतिशत र धनियाँमा ५५.२९ प्रतिशत विषादी भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाका अनुसार कालीमाटीका १५ पसलमा बेच्न राखिएका तरकारीमा विषादी भेटिएको छ । यसअघि पनि कालीमाटीमा गरिएको परीक्षणका क्रममा फर्सी, काँक्रो घिरौँला र अकबरे खुर्सानीमा अत्याधिक विषादी भेटिएको थियो ।

बिहीबार भने भक्तपुरबाट बिक्रीका लागि ल्याइएका हरियो धनियाँ र नवलपरासीबाट ल्याइएका काँक्रोमा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्यतया तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम ‘अर्गानोफस्फेट’ हुँदा उपभोग गर्न योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत भए उक्त तरकारी तथा फलफूल केही दिन राखेर मात्र उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी भए त्यस्ता तरकारी तथा फलफूल उपभोगका लागि अयोग्य मानिन्छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी