Skip to content
LAXMI SUNRISE BANK

तीन महिनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२९ प्रतिशतले बढेको छ ।

बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीइस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ८६ पैसाले घटेर २५ रुपैयाँ ९७ पैसामा सिमित भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा छ ।

यस अवधिमा २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK