×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट क्वाटर रिपोर्टः कस्तो छ माछापुच्छ्रे बैंकको वित्तीय अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फर्स्ट क्वाटर रिपोर्टः कस्तो छ माछापुच्छ्रे बैंकको वित्तीय अवस्था ?

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले पहिलो त्रैमासमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा १६.९५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको हो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २३.७० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ ।

१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी