काठमाडौँ । जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीको राजीनामा मागेको छ । सोमबार प्रेस वक्तव्य जारी गर्दै जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो ।
जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाएको छ ।
जेन-जी मुभमेन्ट नेपालले जारी गरेको वक्तव्यमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाइएको छ ।
सरकारमै रहेका पदाधिकारीले गरेको यस्ता गतिविधि प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणबिना सम्भव नरहेको भन्दै जेन-जी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्