काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार ९ सय रुपैयाँले बढेर दुई लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १७० रुपैयाँले बढेर प्रतितोला ३३४५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १४ हजार ५ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८६८ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।













