×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता, भने- ‘आजसम्म यो देशमा नभएको काम गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता, भने- ‘आजसम्म यो देशमा नभएको काम गर्छु’

Artha Sarokar

१६ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुनेछ । ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी