काठमाडौँ । कुनै बेला हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग भने फेरि चर्किएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २ सय ३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।
स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौँ । यो हाम्रो जीवनको अभिन्न अंग थियो । तर राजनीतिक अस्थिरता र गणतन्त्र आएपछि मात्रै यो उद्योग बन्द भयो । नयाँ सामान र प्रविधिसहित ल्याउने हो भने हामी आफैं यो उद्योग चलाइदिन्छौं, कुनै निजीकरण गर्नुपर्ने जरुरत छैन ।’
त्यस्तै, उनले अहिले खटाइएको सशस्त्र फोर्सलाई हटाएर यो उद्योग यहीको स्थानीयको जिम्मामा दिनुपर्ने पनि माग गरेका छन् । उनले फेरि आफूहरुले उद्योगको धुँवा देख्न चाहनेको पनि बताएका छन् ।
हेटौँडा कपडा उद्योग वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्द गरेको थियो । कर्मचारी भर्ती, प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता कारणले उद्योग घाटामा गएको बताइन्छ ।
तर, स्थानीयवासीहरूको दृष्टिमा यसको मूल कारण राजनीतिक अस्थिरता र सरकारी उदासीनता नै हो । उनीहरूका अनुसार यो उद्योग निजीकरण होइन, स्थानीय स्वामित्वमा सञ्चालन गर्न सके फेरि पनि हेटौँडाको पहिचान बन्न सक्छ ।
विगतको इतिहासले गर्व जगाएको यो उद्योग आज पनि स्थानीयको आशा र पहिचानसँग जोडिएको विषय बनेको छ । हेटौँडावासीको अपेक्षा छ, ‘कपडा उद्योगको चिम्नी फेरि बलोस्, अनि हेटौँडाको अर्थतन्त्रमा फेरि जीवन फर्कियोस् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्