काठमाडौँ । हुम्लामा अवैध रुपमा भित्र्याइएका चिनियाँ रक्सीको बिगबिगी बढेको छ ।
अवैध रुपमा चीनबाट ल्याइएका रक्सीको बिगबिगी बढेपछि प्रहरीले चलाएको ‘सर्च अपरेशन’का क्रममा हुम्लाबाट ठूलो संख्यामा अवैध चिनियाँ मदिरा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्लाका विभिन्न स्थानबाट ३ सय ५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरिएको हो । बरामद गरिएका ४ हजार २ सय १२ बोतल मदिरा नष्ट गरिने प्रहरीले जनाएको छ ।
बरामद गरिएका मदिराहरु प्रति बोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबरको रहेको प्रहरीले जनाएको छ । ती मदिराहरु हुम्लाको हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्