Skip to content
LAXMI SUNRISE BANK

नेपाल आउने पर्यटकबाट १९ अर्ब आम्दानी, विदेश घुम्न जाने नेपालीको खर्च भने साढे २१ अर्ब बढी !

अर्थ सरोकार

काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरुले पछिल्लो ३ महिनामा साढे २१ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा विदेश घुम्न जाने नेपालीहरुले २१ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका हुन् । 

यस अवधिमा नेपालको सेवा खाता अन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भएर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । शिक्षातर्फको व्यय भने ४२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै, सोही अवधिमा विदेशबाट घुम्न आउने पर्यटकबाट नेपालले १९ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले विदेशी पर्यटकबाट १७ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा नेपालको खुद सेवा आय भने ३२ अर्ब ८६ करोडले घाटामा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK