Skip to content
LAXMI SUNRISE BANK

खुद ब्याज आम्दानी बढ्दा कामना सेवा विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १२.९२ प्रतिशतले बढेको हो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको खुद नाफा १९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

जबकी गत आर्थिक वर्षको सोहि अवधिमा कामना सेवा विकास बैंकको खुद नाफा १७ करोड ४९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी बढेका कारण बैंकको नाफा बढेको देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशतले बढेर ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी पहिले ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।  त्यस्तै, फी तथा कमिशन आम्दानी पनि १२.२० प्रतिशतले बढेको देखिएको छ ।

नाफासँगै बैंकको सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४.०१ रुपैयाँ हो । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK