×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईं पक्राउपछि काठमाडौँमा उच्च सतर्कता अपनाउन आग्रह, विरोधका नाममा हिंसा मच्चाउनसक्ने प्रहरीको आंकलन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईं पक्राउपछि काठमाडौँमा उच्च सतर्कता अपनाउन आग्रह, विरोधका नाममा हिंसा मच्चाउनसक्ने प्रहरीको आंकलन !

Artha Sarokar

२ मंसिर २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रसाईं पक्राउको विरोधमा प्रदर्शन हुनसक्ने भन्दै प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाउन मातहतका युनिटमा सर्कुलरसमेत जारी गरेको छ ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए । उनले ७ गतेदेखि देश पूरै ठप्प पार्ने भन्दै दैनिक उपभोग्य वस्तुको जोहो गर्न आग्रह गर्दै आएका थिए । प्रसाईंले आह्वान गरेको आन्दोलनले हिंसा भड्काउन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

तर, सोमबार उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको नाम जोडेर ‘एक्सक्लुसिभ’ भिडियो भन्दै एउटा भिडियो सामाग्री सार्वजनिक गरेका थिए । जहाँ जेन-जी आन्दोलनको नाइके र हिंसा भड्काउने मुख्य दोष प्रधानमन्त्री र गृहमन्त्रीलाई लगाइएको थियो । प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी