Skip to content
LAXMI SUNRISE BANK

कुलमानको पार्टीको नाम उज्यालो नेपाल, चुनाव चिन्ह ‘बिजुलीको चिम’ !

अर्थ सरोकार

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले खोल्ने पार्टीको नाम उज्यालो नेपाल रहने भएको छ । यसअघि पार्टीको नाम नेपाली जनसेवा पार्टी राख्ने सहमति भए पनि अन्ततः पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति भएको घिसिङ निकट एक नेताले बताएका छन् । 

ती नेताका अनुसार नाम उज्यालो नेपाल र चुनाव चिन्ह बिजुलीको चिम राख्ने सहमति भएको छ । 

योसँगै अब पार्टी निर्वाचन अयोगमा दर्ता गर्ने तयारी रहेको ती नेताले बताएका छन् । तत्कालका लागि पार्टीमा कोही पनि पदाधिकारी रहने छैनन् । हाल पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी दर्ता हुनेछ ।

सुमना श्रेष्ठ लगायतका पादधिकारी रहने नेताहरु दोस्रो चरणमा पार्टीमा आउनेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK