×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इम्पेयरमेन्ट चार्ज बढेपछि कुमारी बैंकको नाफामा सामान्य गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इम्पेयरमेन्ट चार्ज बढेपछि कुमारी बैंकको नाफामा सामान्य गिरावट

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकले कुल १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा २.०१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी ३९.६३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी पनि १३.१२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेको छ । निष्क्रिय कर्जा बढेपछि बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेकै कारण बैंकको खुद नाफा घटेको हो  ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३३ पैसाले घटेर १६ रुपैयाँ ११ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी