Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँमा कारोबार भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK