Skip to content
LAXMI SUNRISE BANK

३ महिनामा लक्ष्मी सनराइज बैंकले कमायो ३३ करोड नाफा

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको तुलनामा ३८.०४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २६.५९ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढेपछि बैंकको नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४६ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ३९.७४ गुणा छ । 

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK