Skip to content
LAXMI SUNRISE BANK

मधेश प्रदेशले बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने

अर्थ सरोकार

काठमाडौँ । मधेश प्रदेश सरकारले बेरोजगार युवालाई भत्ता दिने तयारी गरेको छ । प्रदेश सरकारले बेरोजगार युवालाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने तयारी गरेको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवका अनुसार १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउन लागिएको हो । युवाहरुलाई उक्त भत्ता उपलब्ध गराउँदा ३५ करोड खर्च हुने अनुमान गरिएको छ ।

मधेशमा १ लाख ४८ हजार युवा बेरोजगार रहेको मुख्यमन्त्री यादवले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK