काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनले शिक्षकहरुलाई चुनावको प्रचारमा लागेर स्कुलमा पढाउनै नछोड्न आग्रह गरेका छन् । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सेयर गर्दै पुनले शिक्षकहरुलाई यस्तो अनुरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘…फागुन २१ गते आउने चुनावको प्रचारमा चौबीसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ ।’
सिटिइभिटी, विद्यालय र विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताबारे विद्यार्थी र अभिभागकहरुको हजारौँ गुनासो र उजुरी सुनेर शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिमा नलाग्न र लागे कारवाही गर्ने भन्दै सूचना सार्वजनिक गरिएको पुनले बताएका छन् ।
उनले शिक्षण संस्थामा अनावश्यक राजनीतिक गर्ने काम भ्रष्टाचार नै भएको भन्दै सो तर्फ ध्यान दिन पनि शिक्षकहरुलाई आग्रह गरेका छन् ।













