काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । बुधबार मेडिकल व्यवसायीका लागि परिपत्र जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन निर्देशन दिएको हो ।
परिपत्रमा वैदेशिक रोजगारीका लागि जाँदा गर्नुपर्ने ३४ प्रकारका परीक्षणहरुको शुल्क ९ हजार ५ सय लिन भनिएको छ ।
त्यस्तै, नेपाल सरकारले तोकेको (९ हजार ६ सय रुपैयाँ) शुल्क लिएर मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न पनि परिपत्र गरिएको छ । यसअघि मेडिकल व्यवसायीहरुले मेडिकल परीक्षणको शुल्क ३ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म लिँदै आएका थिए ।
यसो त शरदसिंह भण्डारी श्रममन्त्री हुँदा २०८१ मंसिरमा स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरेर ९ हजार ५ सय कायम गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । तर, चर्को विरोध हुँदा सो शुल्क कार्यान्वयन भएको थियो । हाल भने मन्त्रालयले वृद्धि गरिएको शुल्क अनिवार्य गर्न परिपत्र गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्