×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मोबाइल ग्यारेज’ एप सार्वजनिकः जहाँ बिग्रिन्छ गाडी, त्यहीँ पुग्छन् मिस्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मोबाइल ग्यारेज’ एप सार्वजनिकः जहाँ बिग्रिन्छ गाडी, त्यहीँ पुग्छन् मिस्त्री

Artha Sarokar

९ मंसिर २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मोबाइल ग्यारेज एप सार्वजनिक भएको छ । सवारी धनी र मिस्त्री (मेकानिक) लाई जोड्ने उद्देश्यले नेपालमै पहिलो पटक मोबाइल ग्यारेज एप सार्वजनिक भएको हो । 

काठमाडौँमा एक विशेष समारोहका बीच उक्त एप सार्वजनिक गरिएको हो । 

उक्त एपमार्फत सवारी धनीले आफूलाई पायक पर्ने स्थानमा मिस्त्री खोज्न सक्ने एपका सञ्चालक तथा अध्यक्ष ओमबार पौडेलले जनाएका छन् । पौडेलका अनुसार सवारीधनी र मिस्त्रीलाई जोड्ने मोडालिटीमा सार्वजनिक भएको ‘मोबाइल एप’ नेपालकै पहिलो मोबाइल एप हो । 

पौडेलले उक्त एपमार्फत जुनसुकै सवारी साधनको मिस्त्री खोज्न सक्ने र जहाँ सवारी साधन बिग्रिन्छ मिस्त्री त्यहीँ पुग्ने पनि बताएका छन् । यसले ग्राहकको सहजतासँगै सवारी साधन मिस्त्रीलाई रोजगारी सृजना हुने पौडेलको भनाई छ । अर्कोतर्फ उक्त एपले समयको बचतसँगै सेवालाई समयानुसार डिजिटलाईज गर्ने पनि बताएका छन् ।

त्यस्तै, हाल सवारी साधन मिस्त्रीलाई समावेश गरिएको उक्त एप (मोबाइल ग्यारेज) मा भविष्यमा इलेक्ट्रिसियन, प्लम्बर र कार्पेन्टरलाई पनि जोड्ने योजना रहेको पौडेलले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी