काठमाडौँ । मोबाइल ग्यारेज एप सार्वजनिक भएको छ । सवारी धनी र मिस्त्री (मेकानिक) लाई जोड्ने उद्देश्यले नेपालमै पहिलो पटक मोबाइल ग्यारेज एप सार्वजनिक भएको हो ।
काठमाडौँमा एक विशेष समारोहका बीच उक्त एप सार्वजनिक गरिएको हो ।
उक्त एपमार्फत सवारी धनीले आफूलाई पायक पर्ने स्थानमा मिस्त्री खोज्न सक्ने एपका सञ्चालक तथा अध्यक्ष ओमबार पौडेलले जनाएका छन् । पौडेलका अनुसार सवारीधनी र मिस्त्रीलाई जोड्ने मोडालिटीमा सार्वजनिक भएको ‘मोबाइल एप’ नेपालकै पहिलो मोबाइल एप हो ।
पौडेलले उक्त एपमार्फत जुनसुकै सवारी साधनको मिस्त्री खोज्न सक्ने र जहाँ सवारी साधन बिग्रिन्छ मिस्त्री त्यहीँ पुग्ने पनि बताएका छन् । यसले ग्राहकको सहजतासँगै सवारी साधन मिस्त्रीलाई रोजगारी सृजना हुने पौडेलको भनाई छ । अर्कोतर्फ उक्त एपले समयको बचतसँगै सेवालाई समयानुसार डिजिटलाईज गर्ने पनि बताएका छन् ।

त्यस्तै, हाल सवारी साधन मिस्त्रीलाई समावेश गरिएको उक्त एप (मोबाइल ग्यारेज) मा भविष्यमा इलेक्ट्रिसियन, प्लम्बर र कार्पेन्टरलाई पनि जोड्ने योजना रहेको पौडेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्