काठमाडौँ । नबिल बैंकका सिइओ मनोज ज्ञवाली सम्मानित भएका छन् । ब्रिजवाटर इन्टरनेशनल कलेजको तेश्रो अभिनन्दन कार्यक्रममा ज्ञवाली सम्मानित भएका हुन् ।
उनलाई बैंकिङ क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कलेजले सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीश चन्द्र पोख्रेलले सम्मान वितरण गरेका थिए ।
नबिल बैंकका नेतृत्वकर्ताको रुपमा बैंक, वित्त, अर्थ, संस्थागत, सरकारी तथा गैरसरकारी कार्यक्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनी सम्मानित भएका हुन् । ज्ञवालीसँग २५ वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव छ ।
सो कार्यक्रममा उनीसँगै साहित्यकार एवं रेडियो नेपालका समाचार प्रमुख डा. नवराज लम्साल र कलाकार दिपक राज गिरी पनि सम्मानित भएका थिए ।













