काठमाडौँ । विभिन्न नियामकीय मापदण्ड पूरा नगरेको भन्दै नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्सले सीइओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक वर्ष २०८१-८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको कसमस एडभर्टाइजिङका नाममा मिडियाहरुमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेटले सम्मान गरेका थिए ।
सम्मान पाए पनि आफुहरु कम्पनीबाट खुसी भने हुन नसकेको केहि सम्मानितहरुले गुनासो गरेका छन् । बीमा प्राधिकरणले कारवाही गरेपछि कम्पनीमा बीमा गर्न इच्छुक हुनेहरुको संख्या घटेकाले सो कार्यक्रममा कुनै पनि उल्लास नदेखिएको ती अभिकर्ताको दाबी छ ।
‘कोहिमा खास खुसीयाली थिएन । फोटो खिच्ने बेलामा पनि सबैजना हाँस्नुपर्यो भनेपछि मात्र सबै हाँसेको जस्तो देखिएका थिए । कम्पनी अव ओरालो गतिमा लाग्ने भो भन्ने सबैलाई चिन्ता छ ।’ ती अभिकर्ताले भने ।
यद्यपी नेशनल लाइफको ठुलो रकमको व्यवसाय गरिरहेको कसमस एडभर्टाइजिङद्वारा कम्पनीका नाममा जारी विज्ञप्तिमा भने यसै गरी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएको उल्लेख छ । सो विज्ञप्ति देखेर त्यहाँ उपस्थितहरु नै ट्वाँ परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्