काठमाडौँ । एनसेलले कुनै पनि कर तिर्न बाँकी नरहेको सरकारले जनाएको छ । आन्तरिक राजश्व कार्यलय मातहतको ठूला करदाता कार्यलयले एनसेलको कुनैपनि कर वक्यौता नरहेको जनाएको हो । एनसेलले पुँजिगत लाभकरलगायतका सबै कर तिरेपनि बेला–बेला कर छलेको आरोप खेप्दै आएको छ ।
एनसेललाई सञ्चार उपकरण आयात अनुमति दिने प्रयोजनका लागि गत असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला करदाता कार्यलयसँग एनसेलले नियमित कर चुक्ता गरे, नगरेको र आफ्नो कारोबारसँग सम्बन्धित सबै प्रकारका दायित्वहरु अद्यावधिक गरे नगरेको बारेमा स्पष्ट धारणा र मार्गदर्शन माग गरेको थियो ।
स्रोतमार्फत प्राप्त कागजात अनुसार, जवाफमा ठूला करदाता कार्यलयले मंसिरको पहिलो साता आफ्नो अभिलेख अनुसार एनसेलले तिर्नुपर्ने कुनै वक्यौता नरहेको बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयसम्म एनसेललाई रोकेको सहजिकरणको काम पुनः हुन थालेपछि गत जेठमा एनसेल आफ्नो सञ्चार उपकरण आयात गर्न प्रक्रिया बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेको थियो ।
प्राधिकरणबाट सहजिकरण सहज भएपछि पछिल्ला समय एनसेलले आक्रामक रुपमा आफ्नो फोरजी सेवाको गुणस्तार सुधार र विस्तार गर्दै आएको छ । गएको पाँच हप्तामा मात्र कम्पनीले देशभर ८० बढि नयाँ टावरहरु जडान गरी संचालनमा ल्याएको कम्पनी स्रोतले जनाएको छ । एनसेलले डिसेम्बर भित्र भण्डै २०० नयाँ टावर संचालनमा ल्याउने स्रोत बताएको छ । नयाँ टावरहरुको सञ्चालनले टावर जडान भएका क्षेत्रका ग्राहकहरूलाई आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्