×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली मलेसिया प्रस्थान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली मलेसिया प्रस्थान

Artha Sarokar

३ मंसिर २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको हो । यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन्, जहाँ आयोजक राष्ट्र मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ स्थानमा रहेको छ ।

नेपालका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि पहिलो अन्तर्राष्ट्रिय सहभागीता जनाइसकेको टोली यसपटक थप आत्मविश्वास, तयारी र अनुभवका साथ मैदानमा उत्रने तयारीमा छ । प्रस्थानअघि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंक लाल घिसिङले टोलीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरे ।

नेपालमा डजबल खेल दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले यो खेललाई देशभर पहिचान दिलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम, प्रतियोगिता तथा जागरूकता अभियानहरू निरन्तर आयोजना गर्दै आएको छ । विद्यालय, कलेज तथा सामुदायिक स्तरमा सञ्चालन गरिएको परिचयात्मक कार्यक्रमले खेलप्रति युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढाएको फेडेरेसनले जनाएको छ ।

नेपाली टोलीमा कप्तान विराज दाहालसहित प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईरालाको समावेश छ । टोलीसँगै टोली प्रमुख राजन गौतम, व्यवस्थापक कौशल ज्ञवाली, सहायक व्यवस्थापक हिरामणी नेपाल, प्रशिक्षक तथा खेलाडी अरुण तिमल्सिना, ट्रेनर बेनु कुमार राई तथा मिडिया अफिसर सन्दीप रिजाल पनि सहभागी छन् ।

सो अवसरका लागि जर्सी पुल मुख्य प्रायोजक बनेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनरको रूपमा रहेका छन् । नेपाली टोलीले ऐतिहासिक सहभागीता जनाउँदै अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बलियो बनाउने तथा देशको प्रतिष्ठा उकास्ने विश्वास लिइएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी