×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

Artha Sarokar

१६ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत ४० अर्ब रुपैयाँ निक्षेप झिक्ने भएको हो ।

१७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत रकम निक्षेप संकलन गर्न लगिएको जनाइएको छ ।

अनलाइन बोलकबोल मार्फत आज दिउँसो ३ बजेदेखि देखि सबै इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन् ।

निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ । क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी