Skip to content
LAXMI SUNRISE BANK

बुधबार २०.५६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनीको ८४ लाख ४ हजार ६ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ४० करोड ३४ लाख ३ हजार ५ सय ४२.६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK