काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा पुगेको हो।
नेप्सेमा कुल ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार १०.७५% एसबिएल डिबेन्चर २०८९ को भएको छ । यस कम्पनीको २८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सागर डिस्ट्रिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।













