काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माबिलुङ्ग इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्