काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १९ कम्पनीको एक करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार बन्दीपुर केबलकार एण्ड टुरीजमको भएको छ । यस कम्पनीको २६ करोड ९९ लाख ९७ हजार ६ सय ४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबारको बजारमा झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, जोशी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्