Skip to content
LAXMI SUNRISE BANK

गोरखाबाट पक्राउ परे निकोलस भूसाल, आजै काठमाडौँ ल्याउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । निकोलस भूसाल पक्राउ परेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो ।

गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ परेका भूसाललाई आजै (मंगलबार) काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, गृहमन्त्री लगायतका व्यक्तिहरुको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका भूसाललाई प्रहरीले निगरानीमा राखेको थियो । मंगलबार भने उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलनपछि सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलनमा सक्रिय देखिने भूसालले पत्रकार सम्मेलन नै गरेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK