×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको नाफा घट्यो, कति छ ईपीएस ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको नाफा घट्यो, कति छ ईपीएस ?

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०.०४ प्रतिशतले घटेको हो । पहिलो त्रैमासमा बैंकले कुल ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४.३७ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि बैंकको इम्पेयरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ रहेको छ ।

बैंकको विवरण अनुसार समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा छ । १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी