काठमाडौँ । नेपाली काँग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेको पाइएको छ । काँग्रेसको केन्द्रीय कार्यालयलाई प्राप्त ४६ जिल्लाको नवीकरण विवरण अनुसार ३ लाख ९ हजार २ सय ५४ जनाले मात्र सदस्यता नवीकरण गरेका हुन् ।
अर्थात् नेपाली काँग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ६ लाखले सदस्यता नवीकरण गरेका छैनन् । काँग्रेसका धेरै सदस्यहरुले सदस्यता नवीकरणमा रुचि नदेखाएको स्वयम् काँग्रेस नेताहरुले स्वीकारेका छन् ।
यसो त नेपाली काँग्रेसले २०८० सालमै सदस्यता नवीकरणका लागि ८ लाख ७० हजार ८ सय ८४ सदस्यता जिल्लाहरुमा पठाएको थियो । काँग्रेसको नवीकरण कार्यतालिका अनुसार २०८१ चैतसम्म क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसक्नुपर्ने थियो ।
तर, कार्यकर्ताले सदस्यता नवीकरणमा चासो नदेखाएपछि सदस्यता नवीकरणमा ढिलो भएको काँग्रेसका एक नेताले बताएका छन् । अझै पनि काँग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ६ लाखले सदस्यता नवीकरण गरेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्