काठमाडौँ । भर्खरै रिटायर्ड भएका निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा जान रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटनाको विषयमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमणमा जान रोक लगाएको हो ।
त्यस्तै, आयोगले खापुङलाई आयोगको स्वीकृतिबिना उपत्यका छोड्न पनि रोक लगाएको छ ।
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ तथा छानबिनका लागि कुनै पनि बेला आयोगले बोलाउन सक्ने भन्दै खापुङलाई विदेश भ्रमण र उपत्यका छोड्न रोक लगाउने निर्णय भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त निर्णयबारे खापुङलाई जानकारी गराउन पनि भनिएको छ । उनी बुधबार मात्र आईपीजीबाट सेवाबाट निवृत्त भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्