×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउनु हुन्न’- प्रधानमन्त्री कार्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउनु हुन्न’- प्रधानमन्त्री कार्की

Artha Sarokar

२४ कार्तिक २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी छिन् ।

कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । 

‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन् । परम्परागत मान्यता र रितिथितिहरु हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ । पशुपतिनाथ संसारभरिका हिन्दूको आस्था जोडिएको ठाउँ हो ।’, उनले भनिन्, ‘यस्तो संस्थामा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनुहुँदैन ।’

त्यस्तै, प्रधानमन्त्री कार्कीले कोषमा काम गर्ने व्यक्ति धार्मिक नै हुनुपर्नेमा जोड दिएकी छिन् । उनले धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउन नहुने भन्दै कोषमा बसेपछि धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्ने बताएकी छिन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी