Skip to content
LAXMI SUNRISE BANK

एक्यानको महासचिवमा प्रदीप अर्याल निर्वाचित

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को महासचिवमा प्रदीप अर्याल निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दिएका सिए प्रदीप अर्याल विजयी भएका हुन् । उनले कुल ९०३ मत ल्याएका छन्।

सिए प्रदीप अर्यालले कागजी गणनामा १४३ मत र मेसिन गणनामा ७६० मत प्राप्त गरेका छन् ।

एक्यानको निर्वाचनमा महासचिव पदका लागि सुनिल बुढाथोकी र प्रदीप अर्यालले उम्मेदवारी दिएका थिए। उनीहरु एकै समूहका भएको चर्चा भए पनि यसपटक चुनावमा आमनेसामने देखिएका थिए।

यता सुनिल बुढाथोकीले भने कागजी गणनामा १५४ मत र मेसिन गणनामा ७२४ गरी कुल ८७८  मत प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK