काठमाडौँ । सरकारले प्राध्यापक, शिक्षक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारवाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानाकर्षण गराउँदै प्राध्यापक, शिक्षक र कर्मचारी राजनीतिक दलमा संलग्न भए कारवाही गर्ने बताएका हुन् ।
उनले शिक्षकहरुलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।
तर, शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भएको पाइए पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको ध्यानाकर्षण गराउँदै पुनले शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलमा संलग्न नहुन निर्देशन दिएका छन् ।
त्यस्तै, उनले पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरितका गतिविधि गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही गरिने पनि बताएका छन् । साथै मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ सङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको पनि बताएका छन् ।













